Now you can book your appointment with World Class Cancer Specialists only at Purbanchal Cancer Hospital.
Early diagnosis is crucial to early Cancer treatment and Cure. Book your appointment today!
We welcome you under the care umbrella of PCH.
निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम
निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम
कन्काई
श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड विर्तामोडको आयोजनामा तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कन्काईमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर, VIA स्क्रिनिङ (पाठेघर मुखको क्यान्सर परीक्षण) तथा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममार्फत महिलाहरूलाई VIA स्क्रिनिङ सेवा, स्वास्थ्य परामर्श तथा क्यान्सरसम्बन्धी सचेतनामूलक जानकारी निःशुल्क रूपमा प्रदान गरिएको थियो। यस शिविरले पाठेघर मुखको क्यान्सरको प्रारम्भिक पहिचान, रोकथाम तथा समयमै उपचारको आवश्यकताबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
समुदायस्तरमै पुगेर क्यान्सरको प्रारम्भिक पहिचान, उपचार तथा सचेतना विस्तार गर्ने उद्देश्यसहित यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न पाउँदा पूर्वाञ्चल क्यान्सर अस्पताल प्रतिबद्ध रहँदै आएको छ।